स्वाईन फुलुबाट बच्न अर्घाखाँचीमा उच्च सतर्कता

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  स्वाईन फ्लुले भारतमा सयौं मानिसको ज्यान लिएपछि अर्घाखाँचीका बिभिन्न नाका तथा सबै क्षेत्रमा  उच्च सतर्कता अपनाईएको छ ।
पाण्डेमिक इन्फ्लुयन्जा एचवान एनवान नामक भाईरसका संक्रमणबाट भारतमा ८ सय भन्दा बढिको मृत्यु भएपछि यसले महामारी रुप लिने सक्ने आशंकामा अर्घाखाँचीमा पनि सिमा क्षेत्रमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको जिल्ला दैबीक प्रकोप उद्धारा समितिको बैठकले स्वाइनफ्लुको बारेमा जानकारीमुलक सन्देस रेडियोबाट प्रसारण गर्ने र कसैलाइ रुघाकासो लागेमा तत्काल चिकित्सकको सल्लाह लिन प्रेरित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भयो ।
जिल्लाको ठाडा गाविसमा स्वास्थ्यकर्मि राखि भारतबाट भित्रिनेहरुको स्वास्थ्य परीक्षणका साथै स्वाईनफ्लुबाट बच्ने उपायबारे परामर्श दिने  गरिएको छ ।
रुघाखोकीसँगै ज्वरो आउने, घाँटी दुख्ने, स्वासप्रस्वासमा समस्या हुने जस्ता लक्षण देखा परेमा तत्काल स्वास्थ्य परीक्षण गराउन जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. जगन्नाथ तिवारीले  सुझाव दिएका छन् ।
नेपालमा स्वाइन फ्लुबाट संक्रमित हुनेहरुको संख्या ३५ पुगेको छ ।

अन्य समाचारहरु