रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कटू आलोचक मानिने विपक्षी दलका एक प्रमुख नेता तथा पूर्व उपप्रधानमन्त्रीको हत्या गरिएको छ ।
राजधानी मस्कोमा बोरिस नेम्त्सोभलाई गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्रमलिन नजिकको पुल पार गर्दै गर्दा अज्ञात व्यक्तिले चार गोली प्रहार गरेर हत्या गरी उनकै कार लिएर भागेको रुसी अधिकारीहरुले जनाएका छन् ।
यूक्रेनविरुद्ध रुसले गरेको युद्धको विपक्षमा आइतवार राजधानी मस्कोमा गर्न लागिएको प्रदर्शनको तयारीबारे छलफल गर्न जाँदै गर्दा उनको हत्या गरिएको बताइएको छ ।
राष्ट्रपति भ्लादिमीर पुटिनले घटनाको निन्दा गरेका छन् । यूक्रेनमा युद्ध गर्ने विषयमा असहमति जनाएकै बहानामा आफूमाथि हत्या गरिनसक्ने यसअघि एक अन्तर्वार्तामा नेम्त्सोभले उल्लेख गरेको समाचारमा उल्लेख छ ।
– एजेन्सी