काठमाडौं । स्वाइन् फ्लुको संक्रमणका कारण काठमाडौंमा एक महिलाको मृत्यु भएको छ ।
स्वाइन् फ्लुको संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएकी एक महिलाको मृत्यु भएको हो ।
स्वाइन फ्लुबाट संक्रमित काठमाडौं क्षेत्रपाटीकी ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले जानकारी दिए ।
मृतक महिलाको परिचय गोप्य राखिएको छ । मरासिनीका अनुसार नेपालमा हालसम्म ३५ जनामा स्वाइन फ्लु भएको पुष्टी भएको छ । इमेजखबरमा समाचार छ।