प्रधानमन्त्री शुसिल कोइरालाद्धारा अहिले दलहरु विच विश्वासको संकट परेको उल्लेख

काठमाडौं, फाल्गुन १७ । प्रधानमन्त्री शुसिल कोइरालाले अहिले दलहरु विच विश्वासको संकट परेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगको भेटघाटमा उनले अहिलेको मुख्य समस्या नै अविश्वास भएको बताए ।
उनले संवादबाट नै निकास खोज्नु पर्ने बताउँदै विना सर्त बार्ताबाटै समाधान खोज्नु पर्नेमा जोड दिए ।
शान्ति र विकास अहिलेको आवश्कता भएको भन्दै उनले बार्तामा बसेर समाधान खोज्न माओवादीलाई आग्रह गरे । सो अवसरमा महासंघले पत्रकारहरुको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । इमेजखबरमा समाचार छ ।