वीरेन्द्र केसी
ठाडा, अर्घाखाँची । स्वाइन् फ्लुबाट जोगिन गाडी भित्रै परामर्श शुरु गरिएको छ । सन्धिखर्क-गोरुसिंगे सडक खण्ड अन्तर्गत अर्घाखाँचीको ठाडादहमा यात्रुवाहक गाडीलाई रोकेरै स्वाईनफुलु भनेको के हो ? यो कस्तो रोग हो ? कसरी सर्छ भन्ने बारे चेतनामुलक शिक्षा दिन थालिएको छ । स्वाईनफ्लको लक्षण र यसबाट बच्ने उपायको बारेमा गाडी भित्रै ईलाका प्रहरी कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले परामर्श शुरु गरेको छ ।
भारतबाट कृष्णनगर हुँदै कपिलवस्तुको गोरुसिंगे अर्घाखाँची भित्रने गाडी र भारतबाट जिल्लामा आउने यात्रुलाई विशेष निगरानी राखिएको जिल्ला अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले बताए । प्रहरी र स्वास्थ्यकर्मीको टोलीले प्रत्येक यात्रुवाहक गाडी भित्रै यात्रुलाई पराशर्म र चेतनामुलक शिक्षा दिएको उनले बताए । स्वाईनफुलु कसैलाई पनि नलागोस र जिल्लामा नभित्रियोस भनेर यस्तो अभियान चलाएको उनको भनाई छ । बस, जीप, कार रोकेर गाडी भित्रै सबैलाई सुचना दिने र आवश्यक परे स्वास्थ्य परीक्षण गरिने बताए । स्वास्थ्यकर्मी र प्रहरी विहान देखी बेलुकासम्म बाटोमै बस्ने गर्छन । शंका लागेको व्यक्तिको स्वास्थ्य परीक्षण पनि गरिने उनले बताए । रुघाखोकी सँगै ज्वरो आउने, घाटी दुख्ने, शास फेर्न गाह्रो हुने समस्या देखा परेमा तत्काल स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने उनले आग्रह गरे ।
साथै जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा पोष्टर र पम्पिलेट पठाईएको र गाउँ – गाउँमा शिक्षा दिन स्वास्थ्यकर्मी खटिएको उनले बताए । अहिले ५ हजार पोष्टर र पम्पिलेट बाडिएको छ । भित्रिन नदिन जिल्लाभर उच्च सर्तकता अपनाईएको छ ।
प्रमुख जिल्ला ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उच्च सर्तकता अपनाउने निर्णय गरेपछि रोग सर्नु भन्दा पहिले सर्तक हुन सबैलाई सुचना मुलक कार्यक्रम गर्न थालिएको हो । स्थानीय रेडियो, पत्रपत्रिका, पोष्टरबाट सुचना प्रवाह गरिएको छ ।