विर्तामाेड, झापा – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताका विषयमा पेचिलो बन्दै गएका तराईका पाँच जिल्लामध्येको एक झापालाई स्थानीयको भावनाविपरीत अन्त कतै नजोड्ने प्रतिबद्धता जनाएका छन् ।
ईकन्तिपुरमा समाचार छ । झापाको विर्तामोडमा सोमबार बीएण्डसी टिचिङ हस्पिटलको सेवा प्रारम्भ गर्ने सभामा दाहालले संघीयतामा झापालाई जबरजस्ती माथिबाट नथोपरिने बताए ।