काठमाडौं । सरकारले प्रमुख बिपक्षी एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा लगायतका विभिन्न राजनीतिक तथा गैरराजनीतिक समूहहरुलाई अहिलेको सुरक्षा चुनौतीको रुपमा ब्याख्या गरेको छ ।
आज संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री बामदेव गौतमले ३० दलीय मोर्चा, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वका माओवादी तथा संविधान जारी हुन नदिने समूहहरु सुरक्षा चुनौतीको रुपमा रहेको बताए ।
त्यस्ता समूहहरुमा राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको समूह र स्वतन्त्र मधेशको कुरा गर्दै हिंड्ने सीके राउतहरु पनि रहेको गृहमन्त्रीले बताए । इमेजखबरमा समाचार छ ।