इस्लामिक अतिवादी समुह आइएसले आफ्नो नियन्त्रणमा रहेका १९ जना क्रिश्चियनलाई रिहा गरेको छ ।
उनीहरु आइएसले नियन्त्रणमा लिएका आस्रियन क्रिश्चियन समुदायका २ सय २० सदस्य मध्येका हुन् ।
गत महिना सिरियाको ताल तमार नजिकका १२ गाउंहरुमा आईएस लडाकुले धावा बोल्दा उनीहरु अपहरणमा परेका थिए ।
उनीहरु पैसाको बदलामा मुक्त भएको अनुमान गरिएको छ । विश्व मै पूरानो क्रिश्चियन समुदायमा पर्ने आस्रियनहरु सिरियामा ४० हजारको संख्यामा रहेको अनुमान गरिन्छ ।
इस्लामिक राज्यको माग गर्दै संघर्षरत आइएसले ठूलो संख्यामा आस्रियन समुदायका क्रिश्यिचनहरुलाई अपहरण गरेको छ । एजेन्सी