दक्षिणी सुडानमा सयौं बालकहरु अपहरणमा परेका छन् ।बाल अधिकारका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफले जनाए अनुसार ती बालकहरुलाई सैन्य प्रशिक्षणका लागी अपहण गरिएको हो ।
यसअघि गत बर्ष १२ हजार बालकहााई कब्जामा लिई सैन्य तालीम दिइएको थियो भने गत महिना मात्रै ८९ जना बालकलाई आतंकबादी लडाकु संगठनले कब्जामा लिएको थियो ।
दक्षिणी सुडानको शिल्लुक इलाकाबाट अपहरणमा परेका बालकहरुको उमेर समूह १२ बर्षदेखि १६ बर्ष रहेको जनाइएको छ ।
अपहरण गर्ने संगठन यकिन नभएपनि सरकारका लागि काम गर्ने संस्था वा आतकबादी समूहको हात रहन सक्ने अनुमान युनिसेफको छ ।
दक्षिणी सुडानमा भएको गृहयुद्धमा हालसम्म १५ लाख मानिस विस्थापित भईसकेका छन् भने २५ लाख भोकमरी समस्यासंग जुधिरहेका छन् । एजेन्सी