तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम, फागुन २०, २०७१
– अर्जुन भुसाल
हिउ फुल तिमी फुल्दै जाउ,जुन सरी खुल्दै जाउ
यो देशको अन्धकारमा दिप वनि आउ तिमि
यही छ शुभकामना, तिमलाई यहि छ शुभकामना
सन्धिखर्कमा बजाज डिस्कवर १५० सि.सि मोटरसाइकलको स्वरुम उद्घाटन गर्दै जनवादी गायक जीवन शर्माले यो गीत गाए । उनले मोटरसाइकलको प्रगतिको लागि शुभकामना स्वरुप यो गीत सुनाएको बताए । सधै जनताका गीत गाउने जीवन शर्मा ठूला आमसभा र सांकृतिक कार्यक्रममा दर्शकसँग रमाउने गर्छन । सुरीलो स्वरमा मिठामिठा गीत गाउँछन, सबैलाई स्तव्ध पार्छन । उनका प्राय गीत नाच्ने र नचाउने भन्दा आखा रसाउने खालका छन् । सबैको मनमा वस्न सफल भएका गायक शर्मालाई मोटरसाईकल स्वरुमको उद्घानमा आएको देख्दा धेरै दंग परे ।
तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम, फागुन २०, २०७१
शर्माले पनि आफू उद्घाटन गर्ने काममा खासै नडिड्ने गरेको बताए । काठमाडौंमा एउटा तरकारी पसल उद्घाटन गरेको थिएँ, उनले भने, यो मेरो दोस्रो उद्घाटन हो । अकाशैमा बादलु छैन, पानी प-यो करेली झालैमा सामन्तको नाइके छैन, कल्ले पा-यो माकुरी जालैमा बोलको गीत पनि गाए । उपस्थित दर्शकले उनको गीतबाट मनोरञ्जन लिए । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सांकृतिक कार्यक्रममा सहभागि हुन उनी जिल्ला आएका हुन ।
तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम, फागुन २०, २०७१
शर्माबाट मोटरसाइकल स्वरुमको उद्घाटन गराउन पाउँदा आफूलाई निकै खुसी लागेको एम्विसा टेर्डर्सका प्रोपराइटर माधव ढकालले बताए । जीवन शर्मा जनताको गायक हो, उहाँबाट उद्घाटन गराउन पाउनुलाई एउटा अबसरको रुपमा लिएको छु उनले भने । डिस्कभर वजास १५० सिसि (एफ) र (एस)का मोटरसाइकल बिक्री गरिने उनले बताए । १५० (एस)लाई १ लाख ९० हजार ९ सय र १५० (एफ) लाई १ लाख ९७ हजार ९ सय रुपैयाँ पर्ने ढकालले जानकारी दिए । उनका अनुसार यि मोटरसाइकल ६०-७० को मार्जिन दिन्छन । उनले यि मोटरसाइकल पहाडका लागि निकै उपयुक्त भएको बताए ।
तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम, फागुन २०, २०७१
अरु मोटरसाइकल भन्दा यो मोटरसाइकल कम तेल खाने, आरामदायी, र लक्जरी भएको पनि ढकालको भनाइ छ ।
तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम, फागुन २०, २०७१