‘तेजाव आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर’

उमाकान्त पाण्डे / काठमाण्डौ – काठमाण्डौको एक ट्युसन सेन्टरमा अध्ययनरत बिधार्थीहरु माथि तेजाव आक्रमण भएको एक साता सम्म पनि अपराधी पक्राउ गर्न नसकेपछि त्यसको बिरोध चौतर्फी सुरु भएको छ । घटनामा सम्लग्न अपराधी लाई पक्राउ गर्न नसकेको र पक्राउ परेपनि कारबाहीका लागि आबश्यक कानुनी प्रावधान बलियो नभएका कारण भबिश्यमा यस्तै अपराध बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका बिद्यार्थीहरुले दबाब मुलक कार्यक्रम गरेका छन । 
गत हप्ता बिद्यार्थीद्वय संगीता मगर र सीमा बस्नेत माथि भएको तेजाव (एसीड) आक्रमणका अपराधी लाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै बत्तिसपुतलीमा रहेको गोल्डेन गेट इन्टरनेशनल कलेजमा अध्ययनरत बिद्यार्थीहरुको सकृयतामा मंगलबार राजधानी काठमाण्डौमा दबाव मुलक कार्यक्रम आयोजना गरिएको हो । 
बसन्तपुरमा भेला भएका सयौ बिद्यार्थीहरुले निकालेको र्यालीले राजधानीका बिभिन्न स्थानको परीक्रमा समेत गरेको थियो । गोल्डेन गेट कलेजमा अध्ययनरत बिद्यार्थी किरण पाण्डेको नेत्रित्वमा निकालिएको र्यालीमा बिद्यार्थीहरुले अपराधीलाई सक्दो छिट्टो पक्राउ गरी कारबाही गर्न सरकारलाई आग्रह गरिएका प्लेकार्डहरु बोकेका थिए । कार्यक्रममा राजधानीका बिधालय , कलेज तथा सम्बन्धित सरोकार वाला सामाजिक संघसस्था, सर्वसाधारण तथा बुद्दीजिवीहरुको समेत उपस्थिती थियो । ‘एकातिर अनुसन्धान ढिलाई भएको छ भने घाइतेलाई उपचार सहयोग दिने कुरामा पनि विलम्ब गरिएको’ले आफुहरु पनि दबाबमुलक कार्यक्रममा उत्रिएको पाण्डेले बताए । राजधानीमै बिद्यार्थी असुरक्षित रहेकाले ढुक्क सँग अध्ययन गर्न मिल्ने बातावरण बनाइदिन बिधार्थीहरुले माग गरेका हुन । 
केही बर्ष पहिले तेजाव आक्रमणमा परेकी हेटौंडाकी बिन्धाबासिनी कसंकारको समेत उपस्थिती थियो । उनले आफु तेजाव आक्रमणमा परेपछिको अनुभव सुनाउदै सरकार पक्षबाट न्याय तथा कुनै राहत नपाएको गुनासो गरिन । 
बिधार्थीद्वारा आयोजित कार्यक्रमलाई मौसमले पनि साथ दिएको थियो । दुई दिन यता परेको बर्षा र हावा हुरी कार्यक्रम अबधीभर रोकिएको थियो । गोल्डेनगेट इन्टरनेशनल कलेजमा अध्ययनरत बिद्यार्थी किरण पाण्डेको नेत्रित्वमा भएको कार्यक्रमको सन्चालन साँहिल सुमन सिलवालले गरेकी थिईन ।