काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा सामान्य दुर्घटनामा परेको छ ।
PHOTO: SETOPATI
बाक्लो हुस्सुको कारण अत्यन्तै कमजोर भिजिबिलिटीमा अवतरण गर्दा विमान धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको थियो ।
विमानको अगाडीको भाग भुईमा जोतिएको छ भने दुईवटै ईन्जीन काम नलाग्ने गरी क्षतीग्रस्त भएका छन् । जहाज रन वे छोडेर नेपाल आयल निगमको तेल भण्डारण गर्ने ट्यांकी नजिक पुगेको थियो ।
आपतकालिन अवतरण लगत्तै विमानको इमरजेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो । अवतरण गर्ने क्रममा चिप्लिएको विमान रन वे बाहिरको माटोको ढिस्कोमा ठोकिएको थियो ।
विमानमा सबार सबै यात्रुहरु भने सकुशल छन् । अहिले विमानस्थलमा आउने जाने सबै उडान बन्द गरिएको छ ।
रन वे छाडेर घांसे मैदानमा जहाज आपतकालिन अवतरण गराइनुको कारण भने खुलिसकेको छैन ।
जहाजमा २ सय ४८ जना यात्रु सबार थिए । जहाज अहिले पनि चौरमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख वीरेन्द्रबाबु श्रेष्ठका अनुसार दुर्घटनामा विमानमा क्षति भएपनि सबै विमानमा सवार सबै यात्रु सकुशल छन्। बढी उमेरका विदेशी पर्यटकहरू सामान्य घाइते भएका छन्। अहिले विमानस्थलमा आउने जाने सबै उडान बन्द गरिएको छ।
सात घन्टा अवधिको टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो। सेप्टेम्बर १ देखि यसले नेपालमा उडान थालेको हो। टर्किस एयर गन्तव्यका हिसावले विश्वको चौथो ठूलो विमान कम्पनी हो । नेपाल-टर्कीबीच सन् २०१० मा हवाई सम्झौता भएको थियो। इमेजखबरमा समाचार छ।