काठमाडौं । नेपाली कांग्रेस र नेकपा-एमालेबीच संविधान लेखन र सत्ता साझेदारीको निरन्तरता लगायतका विषयमा छलफल भएको छ ।
दुइ दलीय गठबन्धन अप्ठेरोमा पर्नसक्ने अनुमान गरिएको बेला आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकले संविधान लेखन प्रक्रियालाई अघि बढाउने निर्णय गर्दै अनिश्चितकालका लागि रोकिएको संविधान सभाको वैठक तत्काल बोलाउन सभाध्यक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।
वैठकपछि उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतमले सत्ता गठबन्धन तोड्ने विषयमा एमालेमा छलफलै नभएको दाबी गरे ।
यसअघि आज विहान बसेको काँग्रेस पदाधिकारीको बैठकमा एमाले सरकार छाड्ने चेतावनी दिएको सम्बन्धमा छलफल भएको थियो ।
कांग्रेस बैठकमा विपक्षीहरुले निहुँ मात्र खोज्ने र वार्तामा नबस्ने नीति लिएको भन्दै अब प्रक्रिया अघि वढाउनु पर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।