युक्रेनको विद्रोही नियन्त्रित पूर्वी डोनेत्स्कस्थित जास्याड्को कोइला खानी विष्फोट हुंदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
विष्फोटमा परी १४ कामदार घाईते भएका छन् भने ४० जना अझै हराईरहेका छन् । जास्याड्को खानीमा यसअघि सन् २००७ मा भएको विष्फोटमा १ सय १ जनाको मृत्यु भएको थियो ।
डोनेत्स्कमा युक्रेनी सेना र रुस समर्थित पृथकतावादीबीच भीषण संघर्ष भएपनि जास्याड्कोमा भने संघर्षको प्रभावन नपरेको जनाइएको छ । एजेन्सी