प्रधानमन्त्रीद्धारा रंगको पर्वले सबै नेपालीको जीवन रंगिन र उल्लासमय बन्ने विश्वास व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालीले मनाउने रंगको पर्वले सबै नेपालीको जीवन रंगिन र उल्लासमय बन्ने विश्वास व्यक्त गरेका छन् ।
अन्लाईनखबरमा समाचार छ । फागु पूणिर्मा अर्थात होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्वले मुलुकभर हर्षोल्लास छर्ने बताए ।
हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको भन्दै कोइरालाले नेपाली समाजलाईर् एकताबद्ध गर्न र आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको बताए ।
उपराष्ट्रपछि परमानन्द झाले पनि फागुपूणिर्माको अवसरमा शुभकामना दिँदै नेपाली माझ साझा चाडका रुपमा रहेको होलीको सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भाईचाराको अभिवृद्धि गर्नु मूल उद्देश्य रहेको बताएका छ्न ।
यसैबीच प्रधानमन्त्री कोइरालाले थकाली समुदायको महान पर्व