दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन नसक्दा अन्तर्राष्ट्रिय विमानस्थल अझै अवरुद्ध, हजारौं यात्रु नेपालभित्र र बाहिर अलपत्र

त्रिभुवन विमानस्थलको सूचना पाटीमा सबै उडान रद्द भएको सूचना छ। प्रस्थान कक्षको ढोका बन्द छ। भित्तामा विभिन्न वायुसेवा कम्पनीले उडान रद्द भएको सूचना टाँसेका छन्।
सेतोपाटी
सेतोपाटीमा समाचार छ ।  सामानसहित विमानस्थल पुगेका यात्रु भने रनभुल्लमा छन्। उडान कहिले हुन्छ? काटिसकेको टिकट के गर्नुपर्छ? अन्यौल छ। विमानस्थलले बेलाबेलामा सूचना जारी गर्छ। तर, त्यसमा खासै नयाँ कुरा केही हुँदैन, उडान रद्द भएको जानकारी बाहेक।
नयाँ जानकारी आओस् पनि कसरी? उडान कहिले सुचारु हुन्छ भन्ने विमानस्थलका अधिकारीहरूलाई नै थाहा छैन।  
विमानस्थलको रन वे छेउ टर्किस एयरलाइन्स्‌को जहाज जोत्तिएको छ। जहाजको अघिल्लो भाग जमिनमा ठोक्किएको छ। पछाडिको भाग माथि उठेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सो जहाज हटाउन उपकरणसहित भारतीय वायुसेनाको टोली ल्याएको छ। धावनमार्गमा रातो झण्डा गाडिएको छ। 
सेतोपाटीमा समाचार छ ।  बुधबार बिहान करिब ८ बजेदेखि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फका सबै सेवा अवरुद्ध छ। विमानस्थल कार्यालयले शुक्रबार बिहान १० बजेसम्म उडान नहुने जानकारीसहितको विज्ञप्ति निकालेको छ। तर त्यसपछि पनि अन्तर्राष्ट्रिय उडान सुचारु हुने टुंगो छैन।