एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाद्धारा सत्तारुढ दलहरुसँग औपचारिक वार्तामा बस्ने निर्णय

काठमाडौं  । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले सत्तारुढ दलहरुसँग औपचारिक वार्तामा बस्ने निर्णय गरेको छ ।
विपक्षी मोर्चाको आज बिहान बसेको बैठकले औपचारिक वार्तामा बसेर प्रश्नावली समिति खारेजलाई पहिलो शर्तका रुपमा राख्ने निर्णय गरेको छ ।
बैठकले अब हुने वार्तामा सहमति नभए फागुन २६ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय समेत गरेको छ । इमेजखबरमा समाचार छ  ।