सत्ताधारी दल र विपक्षी ३० दलीय मोर्चाबीच औपचारीक वार्ता हुने

काठमाडौ – सत्ताधारी दल र विपक्षी ३० दलीय मोर्चाबीच भोलि विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा औपचारीक वार्ता हुने भएको छ । आज विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष एवम् मोर्चा संयोजक पुष्पकमल दाहालबीच भएको छलफलमा यस्तो निर्णय भएको हो ।
प्रधानमन्त्री कोइरालालाई भेट्न आज विहान ९ बजे दाहाल बालुवाटारस्थित निवासमा पुगेका थिए । प्रधानमन्त्री कोइराला र दाहालबीचको छलफलमा भोलि विहान ९ बजे औपचारीक वार्ता गर्ने सहमति भएको दाहालका स्वकीय सचिव चुडा खड्काले जानकारी दिए ।
माघ ११ गतेदेखि संबिधानसभा छाडेर सडक आन्दोलन गर्दै आएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले हिजो सत्तापक्षसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

माघ ११ गते संबिधानसभा बैठकमा सभामुख सुबासचन्द्र नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गर्ने प्रस्ताव पेश गरेपछि विपक्षी मोर्चा आन्दोलित भएको थियो । ईकन्तिपुरमा समाचार छ ।