मलेसियाका यातायात मन्त्री लिवाउ तियोङ लाईले एक वर्षदेखि हराइरहेको मलेसियन एअरलाइन्सको एमएच ३७० विमान हिन्द महासागरमा पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् ।
बीबीसीसँग कुरा गर्दै मन्त्री लाईले मलेसियाली अधिकारीहरुले विमानको विषयमा कुनै पनि सुचना नलुकाएको दाबी गरे ।
justify;”>मलेसियाको नागरिक उड्डयन विभागले हराएको विमानको विषयमा अन्तरिम रिपोर्ट सार्वजनिक गर्दैछ ।
क्वालाम्पुरबाट बेइजिङका लागि २ सय ३९ यात्रु दिएर उडेको विमान हिन्द महासागरमा वेपत्ता छ ।
विभिन्न मुलुकका खोजी दलले अथक प्रयास गर्दागर्दै पनि वेपत्ता विमानका विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।- एजेन्सी