पाकिस्तानले १ सय ७ स्कूलको नाम बदलेर गत वर्ष पेशावरमा मारिएका व्यक्तिको नाममा राखेको छ ।
पेशावरकै रहेको ६० भन्दा बढी स्कूलको नाम मारिएका स्कूले बालबालिकाको नाममा राखिएको हो । स्कूलको नाम बदलेर बच्चाको नाममा राख्न तिनका अभिभावकले पनि अनुमति दिएका थिए ।
गत वर्षको डिसेम्बर १६ मा तालिबान आतंकवादीले पेशावरको सैनिक विद्यालयमा आक्रमण गरी १५० जनाको हत्या गरेका थिए ।
मारिनेमा धेरैजसो बालबालिका थिए ।
मृतकको सम्झना र आतंकवादी क्रियाकलापविरुद्ध सन्देश दिन स्कुलको नाम फेरेर मृतकको नाममा राखिएको त्यहाँको सरकारले जनाएको छ ।
– एजेन्सी