भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ बर्षको आगमनसँगै देशले निकास पाउने बताएका छन् ।
भक्तपुरमा गरिएको कार्यक्रममा एमाओवादी मोर्चासँग भएको छलफल सकारात्मक भएको उल्लेख गर्दै बालुवाटारको वार्ताले सहमतिको ढोका खुलेको बताए ।
शक्ति प्रदर्शन गर्ने, गाली गलौज गर्ने जस्ता काम अन्त्य गर्नुपर्ने भन्दै उनले गम्भीर भएर संविधान बनाउन सबैलाई आग्रह गरे ।
संघीयताको विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरि जनचाहनालाई सम्बोधन गरी समाधान खोज्न सकिने उनको भनाइ छ । इमेजखबरमा समाचार छ ।