टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि चार दिनदेखि अबरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं – टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि चार दिनदेखि अबरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज हटाइएपछि शनिबार साँझ साढे ७ बजेदेखि उडान सुचारु हुने भएको छ । दुर्घटनाग्रस्त जहाजलाई अहिले एक किलोमिटर टाढाको डोमेस्टिक एप्रोनमा लगिएको छ ।
रन-वे सफाइ सकिएपछि साढे ७ बजेदेखि उडान सुचारु भएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल खुलेलगत्तै लगातार उडान हुनेछन् । 
सुरुमा नेपाल एयरलाइन्सको दुइटा ठूला जहाज एयरबस र बोइड उड्नेछन् । ईकन्तिपुरमा समाचार छ । 
इमेजखबरमा अगाडि समाचार छ । चालक दलका ११ सदस्यसहित २ सय २५ यात्रु बोकेको जहाज विमानस्थलमा दुर्घटना भएपछि चार दिनदेखि अन्तर्राष्ट्रिय उडानहरु ठप्प भए ।
जहाज हटाउन पनि नसक्ने र अर्को बैकल्पिक विमानस्थल पनि नहुँदा नेपालको इज्जत विश्व सामु नै छताछुल्ल भएर पोखियो ।
सेतोपाटीमा अगाडि समाचार छ । अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गरिने भएको छ ।
 
करिब ५/६ फिट गहिरो खाल्डोमा भासिएको विमानको अगाडिको भाग विशेष ब्लाडरले उचालेर जहाजलाई १०० मिटर पछाडि तानेर रनवेमा पुर्‍याइएको थियो।
 
शनिबार दिउँसो विमानस्थलले पत्रकारहरुलाई पहिलो पटक घटनास्थलसम्म पुर्‍याएको थियो। विमान भासिएको खाल्डो पुरीसकिएको छ भने जहाजको अघिल्लो भागलाई एउटा ट्रकमा राखिएको छ। 
 
विमानले क्षति पुर्‍याएका रनवेका लाइट लगायतका अन्य प्राविधिक कुरा सबै मर्मत सम्भार गरिसकेको विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिए। 
 
अब जहाजलाई पार्किङस्थलसम्म लिनमात्रै बाँकी हो