रुसमा विपक्षी नेता वोरिस नेम्त्सोभको हत्यामा संलग्न दुई जनालाई पक्राउ

रुसमा विपक्षी नेता वोरिस नेम्त्सोभको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ गरिएकामा एन्जोर जुबाशेभ र जाउर दादायभे रहेको रुसी संघीय सुरक्षा सर्भिसलाई उधृत गर्दै संचारमाध्यमहरुले  जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ५५ वर्षीय नेम्त्सोभको गत हप्ता क्रेमलिन नजिकको पुलमा हत्या गरिएको थियो ।
विपक्षीहरुले नेम्त्सोभको हत्यामा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । हत्यालगत्तै राष्ट्रपति पुटिनले घटनाको छानबीन गर्न आदेश दिएका छन् ।
पुटिन प्रशासनको भ्रष्टाचार र युक्रेन संघर्षमा रुसको संलग्नताविरुद्ध नेम्त्सोभले आवाज उठाउँदै आएका थिए । एजेन्सी