बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको बाँगी गाविसमा घर लिप्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ ।
बाँगी – ५ बस्ने वर्ष १६ कि फुलमाया भुसालको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।
माटो खन्ने क्रममा शनिवार दिउसो माटोको ढिस्कोले पुरिएर अर्की एक जना बालिका पनि घाइते भएको जनाइएको छ ।
तस्बिर: फेसबूकबाट