काठमाडौं । लामो समयपछि दलहरुबीचको चिसोपन हटेको बेला एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाले सत्ताधारी दल कांग्रेस र एमाले सहमतिबाट संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाएको छ ।
हिजोको वार्तामा गम्भिर नदेखिएकाले मोर्चाले कांग्रेस र एमालेलाई सहमतिबाट संविधान बनाउन गम्भीरता देखाउन आग्रह गरेको मोर्चाको बैठकपछि प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
बैठकले संसदीय समितिहरुमा सहभागि नुहने यसअघिको निर्णयलाई खारेज गर्दै अब संसदीय समितिहरुमा सहभागिता जनाउने निर्णय समेत गरेको छ ।
बैठकमा केही मधेशी तथा साना दलले भने कांग्रेस र एमालेले आन्दोलनलाई रोक्न मात्र वार्ता गर्न भनेको भन्दै नेतृत्वलाई त्यस प्रति सचेत बन्न आग्रह गरेका थिए ।
उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्न समेत माग गरेका छन् । इमेजखबरमा समाचार छ ।