दुर्घटनाग्रस्त टर्किस एयरका कारण विमानस्थल चार दिनसम्म बन्द हुँदा एयरलाइन्सहरुले उडान बढाउँदा नेपाली आकाशमा हवाइ ट्राफिक जाम

Nepali Aakash
काठमाडौं । नेपाली आकाशमा आइतबार दिनभरि नै हवाइ ट्राफिक जाम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएपछि अवतरणका लागि पालो पर्खने क्रममा आकाशमा ट्राफिक जाम भएको हो ।
अन्लाईनखबरमा समाचार छ । आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि अधिकतम डेढ घण्टासम्म फन्को मारेर बस्नुपरेको छ । लामो समय फन्को मारेर बस्दा पनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया डाइभर्ट भएका छन् ।
विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भयो भने एयर एशिया कोलकाता डाइभर्ट भएको छ । लामो समय आकाशमा होल्ड हुँदा इन्धन सकिन थालेपछि जहाजलाई डाइभर्ट गरिएको हो । दुबै जहाज बेलुका काठमाडौं आउने तालिका छ ।
दिनभरजसो आकाशमा एक पटकमा पाँचदेखि आठवटासम्म जहाजहरु होल्ड हुन पुगेका छन् । दुर्घटनाग्रस्त टर्किस एयरका कारण विमानस्थल चार दिनसम्म बन्द हुँदा एयरलाइन्सहरुले उडान बढाउँदा यस्तो अवस्था आएको हो ।
विमानस्थल कार्यालयलाई जहाज उडान अवतरण गराउन हम्मे-हम्मे परिरहेको छ । विमानस्थलमा जहाज पार्किङ स्थलको अभावले पनि जहाजलाई धेरै समय आकाशमा होल्ड गरेर राख्नुपरेको हो ।
त्रिभुवन विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न मिल्छ । दिनभरी नै आकाश मात्र होइन, विमानस्थलको पार्किङ र ट्याक्सी वे -जहाजलाई पार्किङ स्थल लैजाने बाटो