काठमाडौं, फाल्गुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको असन्तुष्ट पक्षधरले पद्मसुन्दर लावती अध्यक्ष रहेको समानान्तर केन्द्रीय समिति घोषणा गरेको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालका असन्तुष्ट पक्षले अध्यक्षमा लावतीका साथै एक सहअध्यक्ष, ६ उपाध्यक्ष, ३ महामन्त्री, १२ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहेको १६३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।
सो समूहले पार्टीको विभागदेखि केन्द्र र स्थानीय तहसम्म समानान्तर समिति गठन गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा लावतीले