काठमाडौं- डेढ महिना लामो संवादहीनता तोड्दै संविधानमा सहमति जुटाउन निरन्तर छलफलमा बस्ने सहमति गरेका प्रमुख चार शक्तिको दोस्रो बैठक तीन दिनसम्म बस्न सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भन्दै बैठकमा नआउँदा छलफल सुरु हुनै सकेको छैन।
नागरिकन्युजमा समाचार छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चाले शनिबार संविधानका प्रमुख विवादित विषयमा चार शक्तिका चार शीर्ष नेताबीच छलफल गरी सोमबार साँझसम्म सहमतिमा पुग्ने सहमति गरेका थिए।
स्रोतका अनुसार संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रिया रोकेर पुनः सहमति प्रयास थाल्ने दलीय निर्णयप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। स्वास्थ्यलाई कारण बनाउँदै ओली शीर्ष बैठकमा बस्न तयार नहुँदा
चार नेता एक ठाउँ भेला हुन समेत सकिरहेका छैनन्।
‘एमाले अध्यक्ष ओली अस्वस्थ भएकाले प्रमुख चार शक्तिका शीर्ष नेताको बैठक बस्न नसकेको हो,’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘चार नेताले वार्ताबाट संविधानका विवादित विषयमा सहमति खोज्नुहुन्छ।’
विपक्षी मोर्चाले सहमतिका लागि कांग्रेस, एमालेसहितका दलहरू तयार नभएको आरोप लगाएको छ। सत्ता साझेदार दलहरू विभिन्न बहाना बनाएर वार्तालाई टार्न लागिपरेको उनीहरूको आरोप छ। एमाले अध्यक्ष ओलीसँग भेटका लागि समय माग्दासमेत नदिएको विपक्षी मोर्चाको गुनासो छ। ‘संख्याको अहंकारले वार्ता अघि बढेको छैन,’ विपक्षी मोर्चाका एक नेताले भने, ‘एमाले अध्यक्ष वार्ताबाट समस्या समाधान गर्न चाहँदैनन्।’
एमालेका कारण दलीय छलफल अघि नबढेको आरोप लगाउँदै तराई