जिल्ला बिकास समित अर्घाखाँचीद्धारा पत्रकार प्रेम आचार्यलाई उत्कृष्ट बिकास पत्रकारीता पुरस्कार

अर्घाखाँची समाचारदाता 



सन्धिखर्क, अर्घाखाँची । जिल्ला बिकास समित अर्घाखाँचीले जिल्लामा रहि बिकास पत्रकारीताको क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै अर्घाखाँची डट्कम लगायत अन्नपुर्ण पोष्ट, रासस, एभिन्युज टेलिभिजन, उज्यालो नाइन्टी नेटवर्कका  अर्घाखाँची सम्बाद्दाता तथा तथा रेडियो देउरालीका डेक्स प्रमुख  प्रेमनारायण आचार्यलाई पुरस्कृत गर्दै सम्मान गरेको छ । 

 



 

जिबिसको २१ औ परिसद उद्घाटन समारोहमा  नगद पाँच हजार सहित सम्मान पत्रले पत्रकार आचार्यलाई उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गरेको हो । जिल्लामा रहि बिगत सात बर्ष देखि ब्यबसायीक पत्रकारीतामा लागेका पत्रकार महासंघका जिल्ला सचिब समेत रहेका आचार्यले जिल्लाको समग्र बिकासमा   सञ्चारको क्षेत्रबाट पुराएको योगदानको कदर गर्दै पुरस्कृत तथा सम्मानीत गरेको स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । 

 



 

जिबिसले ठुलापोखराका शिक्षक कृष्ण पौडेल, बिद्यार्थी प्रतीक्षा केसी र जीबन पाण्डे, खेलाडी सपना सारु मगर, पशुपालक रामु केसी, सफल उद्यमी रमा केसी, कृषक पुस्करनाथ बन्जाडे, जिबिसका कर्मचारी पदम आचार्य र गाविस सचिब ठुलापोखराका पुस्करनाथ आचार्य लाइ पनि नगद र सम्मानपत्रले पुरस्कृत गरेको छ । 



  त्यस्तै कृषि बिकास कार्यलय अर्घाखाँचीबाट प्रदान गरिने उत्कृष्ट कृषक पुरस्कारबाट घोचेखोलाका कृषक गणेश बन्जाडे, पणेनाका रेवतीराज पौडेल र अर्घा धरम्पानीका कुशल भुसाललाई पनि नगद तथा सम्मानपत्रले पुरस्कृत गरेको छ । 



   जिल्लामा रहि उत्कृष्ट काम गर्ने पत्रकार, कृषक, पशुपालक, गाविस सचिब, बिद्यार्थी,सफल उद्यमी र कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार पुरस्कृत गरिएको जिबिसका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसालले बताए । 

 

(तस्बिर: अर्घाखाँचीडट्कम )

अन्य समाचारहरु