प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । भैतीक पुर्बाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले अधिकतम सहमतीको आधारमा छिटो भन्दा छिटो संबिधान निर्माण हुनेमा संका नगर्न आग्रह गरेका छन । उनले सत्तापक्षले प्रकृयामा जान्छौ भनेरगरेको सक्ति पदर्शन र बिपक्षीहरुले काठमाण्डौको टुडीखेलमा गरेको सक्ति पर्दशनपछि मात्र अधिकतम सहमतिमा संबिधान निर्माण गर्ने दलहरुबिच सहमति भएको स्पष्ट पारे ।
जिल्ला बिकास समिति अर्घाखाँचीको २१ औ जिल्ला परिसद बैठक तथा निर्णय साबैजनीकीकरण समारोहको सनिधखर्कको सभागृहमा उद्घाटन गर्दै काग्रेस नेता समेत रहेका मन्त्री निधीले सबै बिबादित मुद्धाहरुमा सहमति भैसकेको अब सबै पक्षले लचकता अपनाएर अधिकतम सहमतिको आधारमा छिटै संबिधान निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे ।
एकिकृत नेकपा माओबादीका नेता तथा पुर्ब मन्त्री टोपबहादुर रायमाझिले अधिकतम सहमतिकै आधारमा संबिधान निर्माण गर्ने दलहरु बिच सहमति भैसकेकाले संबिधान निर्माण हुनेमा ढुक्क रहनु पर्ने बताए । उनले संबिधान निर्माणमा ढिलाइ भएपनि बिकासको काम रोक्न नहुने बताउदै सबै मिलेर समृद्ध नेपाल निर्माण गर्नु पर्ने बताए ।
अर्घाखाँचीमा खानेपानीको बिकराल समस्या भएकाले जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । अर्घाखाँचीमा तीब्र रुपमा भएको सार्बजनीक जग्गा अतिक्रमण र अस्तब्यस्त प्लटिंगलाइ तत्काल रोक्न सम्बनिधत पक्ष लाग्नु पर्ने बताए ।
सभासद डा. दुमनसिंह थापाले जिल्लालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट बिकास गर्ने सम्भाबना धेरै भएको बताउदै सबै मिलेर बिकासका काम अगाडी बढाउनु पर्ने बताए ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले चालु आर्थिक बर्ष २०७०।७१ को यथार्थ बजेट चालु र पुजीगत गरि कुल बजेट एक अर्ब ८५ करोड ९२ लाख ८३ हजार , आगामी आ.ब. २०७१।७२ कोसंसोधीत बजेट दुई अर्ब १० करोड ३० लाख ४५ हजार र आगामी आ.ब.७२।७३ को प्रस्ताबीत २ अर्ब ८४ करोड२० लाख ८५ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुर्ब सभासद नजीर मिया,डिलाराम आचार्य,सनतबहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल,एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोईराला,एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, मालेका केदार बेल्बासे, राजमोका सेरबहादुर बिसि, जनमुक्ति पाटीका टुकबहादुर चुवाली, माओबादीका दुर्गा अधिकारी, अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष शान्ता भण्डारी, उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थी लगायतले परिसदको सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकीय अधिकृत निरज पौडेलको अध्यक्षता र सुचना अधिकृत शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
(केही तस्बिरमा: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम )