जमानासगै आफूलाई बदलौँ

बि .आर.पौरखी
सन्धिखर्क अर्घाखाँची
 
युगले कोल्टो फेरीसक्यो 
संसार विज्ञान र प्रविधिले साँगुरीसक्यो ।
महिनौ लाग्ने एउटै काम पनि एकै छिनमा हुनथाल्यो
असम्भव भनिएका सबै कुरा प्रमाणित भैसके ।
विज्ञानले जल, जमिन र अन्तरिक्षलाई आपmनो नापमा पारिसके
तर खै त हाम्रो साँेच र व्यवहारमा परिवर्तन ?
अझै पनि हामी चुलो चौको र घर आगनीमै दिन बिताउँने ?
सामन्ती परम्परा र समाजले थोपरेको अन्धविश्वास र कुरीतिलाई अगाल्दै जाने ?
धामी झाँक्रीको आडमा बोक्सी भनी मलमुत्र अझै पनि खुवाउँदै जाने ?
पाप कटाउँने ,स्वर्गमा जाने भन्दै मन्दिर मात्र धाँउने ?
धर्मको नाममा ठुला ठुला यज्ञ र भोज भतेर चलाउँदै जाने ?
सम्पतिको दम्भ र धाक देखाउँन छोरीलाई दाइजोसँगै विदा दिने ?
कँही कत ैत दाइजो नल्याएको बहानामा बुहारीलाई जीउँदै जलाउँने
अझै पनि महिलालाई मनोरञ्जन र वच्चा पाउँने साधन नै ठान्ने ।
विकास निर्माणका योजनामा भन्दा टपरी गाँस्ने र बत्ती कात्ने जिम्मा लगाउँने
समाज र देश विकासका नीति निर्माणमा भन्दा मन्दिर धाउँन प्रेरित गर्ने ।
कसरी बढछ समाज र राष्ट्र अग्रगतिमा ? हाम्रो सोँचाइ यथास्थितिमा 
तर हाम्रो सोँच र विचारमा परिवर्तन ल्याउँनै पर्छ 
नेपाली समाज र राष्ट्र विकासको निम्ति एउटा निर्णय त लिनै पर्छ । 
अरुले पखेटा हाल्दा हामी बामे त सर्नै पर्छ ।
परम्पराका नाममा पाएका कुरीति ,कुसंस्कार र अन्धविश्वास चिर्नै पर्छ ।
धामी झाँक्री र बोक्सी होइन , विधि विधान र विज्ञानलाई मान्नै पर्छ ।
दाइजो तिलक र डर पोक होइन छोरीलाई जीवनोपयोगी शिक्षा दिनै पर्छ ।
अन्याय  र अत्याचार सहेर लुकाएर होइन हामी काममा खटेर डटेर लडेरै लिनुपर्छ  अधिकार  ।