भक्तपुरमा सेवाग्राहीसँग तीस हजार घुस लिइरहेको अवस्थामा विद्यालय निरीक्षक पक्राउ

काठमाडौं – सेवाग्राहीसँग तीस हजार घुस लिइरहेको अवस्थामा विद्यालय निरीक्षक कोमलनाथ घिमिरे पक्राउ परेका छन्।
भक्तपुरको पलासेस्थित वालगणेश इंलिस स्कुलको कक्षास्तरोन्नती गर्न शिक्षा कार्यलय भक्तपुरमा निवेदन दिएकोका विद्यालय निरीक्षक घिमिरेले घुस माग गरेको सुचना तथा उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले लिएको अवस्थामा एक चियापसलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ। 
घिमिरेबाट घुस लिएको रकम फेला परेको अख्तियारले जनाएको छ। नागरिकन्युजमा समाचार छ ।