भक्तपुर – आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामाग्री पुर्याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले दिए ।
यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवदेन दिएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने भएका छन् ।
एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् भने यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।
यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १