काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुबाट १ करोड ७८ लाख ६१ हजार रुपैयाँ बिगो दाबीसमेत गरेको छ ।
उनीहरुविरुद्ध अख्तियारले गरिबी निवारणसम्बन्धी विभिन्न परियोजना सन्चालनका लागि दातृ निकायहरु तथा नेपाल सरकारबाट प्राप्त अनुदान र सहयोग रकम दुरुपयोग गरेको अभियोग लगाएको छ ।
अख्तियारकै निर्देशनमा कार्यकारी निर्देशक श्रेष्ठ यसअघि नै निलम्बनमा परेका थिए । इमेजखबरमा समाचार छ ।