सहमतिको नाममा संबिधान निर्माण गर्ने समय खेर गएको भन्दै सत्तारुढ कांग्रेस-एमालेले विपक्षी ३० दलीय मोर्चासँग निर्णायक वार्ता गर्ने निर्णय, धेरै नकुर्ने

काठमाडौ – सहमतिको नाममा संबिधान निर्माण गर्ने समय खेर गएको भन्दै सत्तारुढ कांग्रेस-एमालेले विपक्षी ३० दलीय मोर्चासँग निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् । विपक्षीसँगको वार्ताको लागि साझा धारणा तया गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले सहमतिको नाममा धेरै समय नकुर्ने निर्णयसमेत गरेको छ ।
ईकन्तिपुरमा समाचार छ ।  निर्णायक ढंगले कुरा गर्ने र अघि बढ्ने सहमति भएको छ, बैठकको निर्णय जानकारी गराउदै कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद वडुले भने,’सहमतिको नाममा धेरै समय कुर्न सकिदैन् ।’ बैठकले विपक्षी मोर्चासँग साझा धारणा माग्ने र त्यसै अनुसार सहमतिको लागि अघि बढ्ने निर्णय गरेको छ ।
आजै काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच औपचारिक बार्ता हुने बताइएको छ । वार्तामा संविधानका विवादित विषयमा साझा धारणा बनाउने र विपक्षीहरुको संभावित अडानका बारेमा तयारी स्वरुप बैठक बसेको हो।
एमाओवादी सहितको विपक्षी मोर्चाले फागुन महिनाभित्र सहमतिको लागि भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छैन ।
संविधानसभामा प्रश्नवली समिति गठन भएपछि सत्ता पक्ष र विपक्षीबीच दुरी बढेको थियो । डेढ महिनासम्म औपचारिक बार्ता भएको थिएन । केही दिन अघिदेखि दुवै पक्षले छलफल सुरु गरेका छन् ।
सहमतिकै लागि भनेर संविधानसभाको प्रकृया अनिश्चतकालका लागि स्थागित गरिएको छ । बुधबार सभाध्यक्ष सुभाष नेम्वाङले सहमति नगरे संविधानसभाको प्रकृया अघि बढ्ने चेतावनी दिएका थिए ।प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । आज हुने भनिएको शीर्ष नेताहरुको बैठकमा प्रस्तुत हुने साझा एजेण्डहरुका बारेमा छलफल गर्नका लागि प्रमुख सत्ताधारी दलबीच छलफल भएको हो । 
आजै काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच औपचारिक बार्ता हुने बताइएको छ । वार्तामा संविधानका विवादित विषयमा साझा धारणा बनाउने र विपक्षीहरुको संभावित अडानका बारेमा तयारी स्वरुप बैठक बसेको हो।
एमाओवादी सहितको विपक्षी मोर्चाले फागुन महिनाभित्र सहमतिको लागि भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छैन । 
संविधानसभामा प्रश्नवली समिति गठन भएपछि सत्ता पक्ष र विपक्षीबीच दुरी बढेको थियो । डेढ महिनासम्म औपचारिक बार्ता भएको थिएन । केही दिन अघिदेखि दुवै पक्षले छलफल सुरु गरेका छन् । 
सहमतिकै लागि भनेर संविधानसभाको प्रकृया अनिश्चतकालका लागि स्थागित गरिएको छ । बुधबार सभाध्यक्ष सुभाष नेम्वाङले सहमति नगरे संविधानसभाको प्रकृया अघि बढ्ने चेतावनी दिएको थियो । ईकन्तिपुरमा समाचार छ ।