सर्लाहीमा विद्युत्‌का तीन कर्मचारी घुससहित पक्राउ

नेपाल विद्युत् प्राधिकरण सर्लाहीअन्तर्गत प्रशाखा लालबन्दीमा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाट आएको एक टोलीले आज दिउँसो विद्युत् कार्यालयमा छापा मारेर कर्मचारी रमाशंकर पासवान, आत्माराम ढुंगेल र मनोजकुमार सिंहलाई नियन्त्रणमा लिएको हो। 
सर्लाहीको रानीगञ्जस्थित थपलिया राइस मिलका लागि थ्री फेजको विद्युत् लाइन जडान गर्न भन्दै लिएको घुससहित तीनजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नियन्त्रणमा परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। रासस