विश्व मिर्गौला दिवस: नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग रहेको अनुमान

काठमाडौं  ।  नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइएको छ । पछिल्लो समयमा मिर्गौला रोगीको संख्या बढ्दै गएको छ ।
नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग रहेको अनुमान गरिएको छ ।
तर, निकै महङ्गो मानिने मिर्गौला रोगको बारेमा जानकारी र उपचारमा भने उचित ध्यान पुग्न सकेको छैन ।
दिवसकै अवसरमा आज बिहान राजधानीमा प्रभातफेरी निकालिएको छ ।
सबैका लागि स्वस्थ्य मिर्गौला भन्ने आह्वानकासाथ भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी बसन्तपुर पुगेर समापन भएको थियो ।
मिर्गौला रोगको शिघ्र पहिचान तथा यसको निदान नै आफ्नो मृर्गौला स्वस्थ्य राख्ने उपाय हो, पानी पीउ मृर्गौला बचाउ, व्यायाम गरौं, मृर्गौलाको नियमित परिक्षण गरौ भन्ने चेतनामूलक ब्यानर र प्लेकार्डसहितको प्रभातफेरीमा बिभिन्न संघ, संस्था नागारिकसमाज र बिद्यार्थीहरुको सहभागिता थियो । इमेजखबरमा समाचार छ ।