राष्ट्रपति यादवद्धारा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा सबै क्षेत्रमा निराशा छाएको उल्लेख

काठमाडौं  । राष्ट्रपति डा. रामबरण यादवले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा सबै क्षेत्रमा निराशा छाएको बताएका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा आज गरिएको खेलाडी सम्मान कार्यक्रममा उनले मुलुकलाई प्रकृतिले प्रशस्त सम्भावनाहरु दिएपनि तरल राजनीतिका कारण यी सबै सम्भावनाहरु ओझेलमा परेको बताए ।
राष्ट्रपति यादवले अहिले यही तरल राजनीतिका कारण लाखौं युवा बाहिरिएको स्मरण गर्दै राजनीतिक स्थायीत्व दिन सकिए ति सबै युवा नेपाल फर्कने दाबी गरे ।
अहिलेको राजनीतिलाई व्यवस्थापन गरेर अघि बढ्न सके उर्जा, जलस्रोत, पर्यटनलगायतका क्षेत्रको विकासमा फड्को मार्न सक्ने उनको भनाई छ ।
उनले नेपालको खेलकुद क्षेत्र र त्यसमा पनि महिला खेलाडीहरुको पु