काठमाडौं । संविधानको विवादित विषयमा मूख्य दलहरुले औपचारिक छलफल थालेका छन् ।
सम्बन्ध सुधार्न द्विपक्षीय वार्ता गरेपछि दलहरु सामूहिक वार्तामा बसेका हुन ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी मोर्चाका एकीकृत माओवादी र मधेशी मोर्चाका दलहरुबीच छलफल भएको हो ।
बैठकमा संविधानको विवाद रहेका विषयमा सहमतिको प्रयास गरिने बताइएको छ ।
यसअघि हिजो एमाले र एकीकृत माओवादी तथा कांग्रेस र मधेशी दलहरुले सम्बन्ध सुधार्न एवं संविधानका विवादित विषयमा कसरी समाधान गर्न सकिन्छ भनेर छुट्टछुट्टै छलफल गरेका थिए । इमेजखबरमा समाचार छ ।