बलात्कारपछि मृत्यु भएकी बालिकाको छबुँदे सहमतिपछि अन्त्येष्टि गर्न परिवार सहमत

वीरगञ्ज – बाराको सदरमुकबाम कलैयामा जारी ‘बेटी बचाउ संघर्ष समिति’को आन्दोलन स्थानीय प्रसाशनसंगको ६ बुँदे सहमतिपछि फिर्ता भएको छ। बलात्कारपछि उपचारको क्रममा मृत्यु भएकी ६ बर्षे बालिका पुजाको शव भरतचोकमा राखेर संघर्ष समिति ५ दिनदेखि धर्नामा थियो।
नागरिकन्युजमा समाचार छ । सहमतिको आधारमा आन्दोलन फिर्तासंगै शनिबार साँझ नै मृतक बालिकाको अन्त्येष्टि बारास्थित पसाहा नदीमा हुने भएको छ। फागुन- ८ मा बेपाता परी अर्को दिन बिहानै बलात्कृत अवस्थामा अचेत फेला परेकी पुजाको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारको क्रममा गत आइतबार मृत्युभएको थियो। प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ललगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाबीच शनिबार जिल्ला प्रसाशनमा भएको वार्तामा साँझ ६ वटा बुँदामा सहमति जुटेको थियो।
विभिन्न स्तरमा समन्यव कायम गरी जिल्लाको शान्ति सुरक्षा अझ सुदृढ पार्ने, जिल्ला प्रहरी कार्यालयले कलैया उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाहरुसंग सहकार्य गरी असुरक्षित देखिएको कलैया क्षेत्रमा नाइटभिजन सिसिक्यामरा जडान गर्ने, समुचित क्षतिपुर्तीका लागि प्रमुख जिल्ला अधिकारीले नेपाल सरकार र प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गर्ने र ‘बेटी बचाउ संघर्ष समिति’को आन्दोलन फिर्ता गरी बालिकालाई श्रद्धाञ्जलीसहित अन्त्येष्टि गर्नेजस्ता सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए।
आफुहरुले संघर्षका कार्यक्रम फिर्ता गरी बालिकाको अन्त्येष्टिको तयारीमा जुटेको संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले बताए। कलैया