संखुवासभा । संखुवासभामा एकैसाथ तीन वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । चैनपुर नगरपालिका भित्र ४ दिनमा तीन बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।
चैनपुर नगरपालिका वडा नम्बर १२ कटहरेमा आफ्नै बाबुले घरमा कोही नभएको मौकामा १३ वर्षिय छोरी लाई बलात्कार गरेको उजुरी प्राप्त भएको प्रहरी नायव उपरिक्षक कमल थापाले जानकारी दिए ।
बलात्कारका आरोपी बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, चैनपुर नगरपालिका वडा नम्बर ९ की १२ बर्षिय वालिकालाई स्थानीय १९ वर्षिय सुर्य बहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यस्तै, चैनपुर नगरपालिका वडा नम्बर ६ मयुममा तीन जना युवाहरुले ११ वर्षिया बालिकालाई सामुहिक बलात्कार गरेको भन्दै उजुरी परेको छ ।
बलात्कारका आरोपी तीनै जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कारबाट पीडित तीनै जना बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।