भानाउतामा शक्तिशाली समुन्द्री आंधीका कारण जनजीवन अस्तव्यस्त भएका छ ।
पाम नाम दिएको आंधीका कारण भानाउताको राजधानी पोर्ट भिला ध्वस्त भएको छ भने स्थानिय बासिन्दा सहयोगको खोजीमा सडकमा निस्किएका छन ।
आसपासका दुर्गम गाउंहरु पनि पूरै ध्वस्त भएको जनाइएको छ । २ सय ७० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा आएको आंधीसंगै वर्षा पनि भएको छ ।
संयुक्त राष्ट्रसंघको सहयोगी एजेन्सीले आंधीमा परि ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र आंधीले निम्याएको विपत् प्रशान्त टापुको इतिहास कै खराब रहेको जनाएको छ । अष्ट्रेलिया नजिकको मुलुक भानाउता ६५ वटा टापुहरु मिलेर बनेको छ । एजेन्सी