वाग्लुङ – १ बाट एमाओवादीसहित ३० दलीय मोर्चाका साझा उम्मेदवार बनेका दीनानाथ शर्मा चुनावमा नउठ्ने

काठमाडौ  – वाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ बाट एमाओवादीसहित ३० दलीय मोर्चाका साझा उम्मेदवार बनेका दीनानाथ शर्मा चुनावमा नउठ्ने भएका छन् । उनले आजै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी वैकल्पिक उम्मेदवार छान्न अनुरोध गरेका छन् ।
चुनाव तयारीको लागि वाग्लुङ जाने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि शर्मा अहिले पोखरास्थित एक निजी अस्पतालमा उपचार गराइरहेका छन् । ‘चिकित्कसले मलाई धेरै हिडडुल नगर्न सुझाव दिएकाले मैले अध्यक्षलाई वैकल्पिक उम्मेदवार खोज्न जानकारी गराएको हुँ’, शर्माले ईकान्तिपुरसँग भने ।
कांग्रेस सभासद हरि खड्काको सडक दुर्घटनामा परी मंसिर २१ गते उपचारको क्रममा निधन भएपछि उक्त क्षेत्रमा उप निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार वाग्लुङ क्षेत्र नम्बर १ मा चैत २८ गते उप निर्वाचन हुँदैछ । ईकन्तिपुरमा समाचार छ ।