सन्धिखर्कमा ११ वर्षकी बालिकालाई बलात्कार गर्न खोज्ने ७६ वर्षका वृद्ध पक्राउ

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क स्थित किमडाँडाकी ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । 
चुत्राबेंसीस्थित मसाल बजारका ७६ वर्षीय कुलबहादुर आलेले बलात्कार गरेको आरोप छ । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । आले धारापानी गाबिसका हुन । 
बालिकालाई गएको जेठदेखि बलात्कार गर्दै आएका रहेछन्, उनकी आमाले भनिन् बुधबारमात्रै छोरीले भनेपछि थाहा भयो । घरमा एक्लै भएको मौका छोपी पैसा र मिठाई दिएर कसैलाई भन्नु हुँदैन भनेर आफूलाई धेरैपटक नांगै बनाएर बलात्कार गरेको ती बालिकाले बताइन् । 
आमाबाबु र अरूले गाली गर्छन् भन्ने डरले कसैलाई भनेकी थिइनँ, ती बालिकाले भनिन्, पीडा खप्न नसकेपछि आमालाई भनेकी हुँ । बुबाआमा मजदुरी काम गर्छन् । उनले पढेकी छैनन् । बालिकाले आमालाई भनेपछि आलेको परिवार र नातेदारले घटना ढाकछोप गर्ने प्रयाससमेत गरे । घटना भइहाले पनि बाहिर लैजानु हुँदैन मिल्नुपर्छ भन्ने दबाब दिए, आमाले भनिन्, मैले मानिन् । घटनाको खबर प्रहरीकोमा गएपछि न्याय पाइन्छ भन्ने सुनेका आधारमा एक्लै गुहार माग्न गएँ ।
आलेले समर्थन गर्ने पार्टीका नेताले ‘तँलाई कति पैसा चाहिन्छ हामी दिन्छौं, समेत भनेका थिए । तर पैसाभन्दा कानुनी कारबाहीका लागि न्याय खोज्न लागेको उनले बताइन् । आले परिवार र उनको पार्टीका नेताले ५ लाख दिन्छौँ तर प्रहरीकोमा नजान भनेका थिए, उनले भनिन्, मैले नमानेपछि रिसाएका छन् । आइतबार उनले कारबाही गरिपाऊँ भनी प्रहरीमा जाहेरी दिएकी छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक कमलराज खरेलले बताए । 
Birendra KC in Sandhikharka contributed to this report.

अन्य समाचारहरु