जुम्ला । जुम्लाबाट कालिकोट जांदै गरेको यात्रु बाहक बस रारालिही सडक खण्डमा दुर्घटना हुंदा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर छ । घाइतेहरुको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । बसबाट हाम फालेका एक जना भने सकुशल छन् ।
मृतकहरुको सनाखत हुन सकेको छैन । सदरमुकामबाट कालिकोटको नाग्मा जांदै गरेको ना ४ ख ४९७० नम्बरको बस रारालिही सडकखण्ड अन्तर्गत वडा नम्बर १ काठकुडेनीमा दुर्घटनामा परेको हो ।
जुम्लाबाट नौ जना मात्र यात्रुको चलानी काटेर हिडेको बसमा दुर्घटना हुंदा २९ जना रहेका थिए । बस सडकबाट १५० मिटर तल खसेको थियो ।
बस जुम्ला सदरमुकामबाट ३० किलो मिटर टाढा दुर्घटनामा परेको हो । बाटो चिप्लो भएर बस पल्टिएको अनुमान प्रहरीले गरेको छ । इमेजखबरमा समाचार छ ।