इराकका कुर्द लडाकुहरुले उत्तरी क्षेत्रमा आइएसद्धारा आफुहरु विरुद्ध रासायनिक हतियार प्रयोग गरेको दाबी

इराकका कुर्द लडाकुहरुले उत्तरी क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले आफुहरु विरुद्ध रासायनिक हतियार प्रयोग गरेको दाबी गरेका छन् ।
कुर्द लडाकुहरुले आइएसले क्लोरिन ग्यास प्रयोग गरेको बलियो प्रमाण आफुहरुसँग रहेको जिकीर गरेका हुन् ।
गत जनवरीमा आईएसको आत्मघाती आक्रमणपछि प्रमाण जुटाउन सफल भएको उनीहरुको भनाइ छ ।
कुर्दहरुको यस्तो दाबीपछि विश्व समुदायले क्लोरिन ग्यासको प्रयोगका सम्बन्धमा जाँच गर्ने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
क्लोरिन ग्यासको प्रयोग पहिलो पटक ंिद्वतिय विश्व युद्धमा भएको थियो ।
सन् १९९७ मा भएको सम्झौता अनुसार कुनै पनि युद्धमा क्लोरिन ग्यास प्रयोग नगरिने निर्णय भएको थियो । एजेन्सी