लोडसेडिङ घट्यो, अब ९ घण्टामा मात्र सीमित

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागूहुने गरी लोडसेडिङको समयावधी घटाएको छ ।
यसअघि दैनिक ११ घण्टा हुँदै आएको लोडसेडिङ अब ९ घण्टा मात्र सीमित गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्य मर्स्याङ्दीलगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाइएको हो। साथै चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई समेत ध्यानमा रखेर प्राधिकरणले लोडसेडिङ घटाउने निर्णय गरेको हो। सेतोपाटीमा समाचार छ ।