२०६३ सालमा राजा ज्ञानेन्द्र र राजनीतिक दलहरुबीच भएको सहमति गर्न आग्रह

काठमाडौं  । राप्रपा नेपालको असन्तुष्ट पक्षको समानान्तर केन्द्रीय समितिले २०६३ साल बैशाखमा राजा ज्ञानेन्द्र र राजनीतिक दलहरुबीच भएको सहमतिको वास्तविकता जनतासमक्ष राख्न तत्कालीन ७ दललाई आग्रह गरेको छ ।
समानान्तर समितिको केन्द्रीय कार्यसमितिको चैत्र १ र २ गते ललितपुरमा सम्पन्न बैठकले त्यस्तो आग्रह गरेको हो ।
बैठकले तत्कालीन ७ दलले ज्ञानेन्द्रसँगको सहमतिबारे यथार्थ नबताए आफूले पत्ता लगाएर सत्यतथ्य सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
बैठकले समान विचारधारा भएका दल, समूह र व्यक्ति विशेषसँग एकता वार्ता गर्न समितिका अध्यक्ष पद्मसुन्दर लावतीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली पनि गठन गरेको छ । इमेजखबरमा समाचार छ ।