पाकिस्तानमा विभिन्न जेलमा रहेका १२ कैदीलाई फाँसी

पाकिस्तानमा विभिन्न जेलमा रहेका १२ कैदीलाई फाँसी दिइएको छ । मृत्युदन्डको सजाय पाएका उनीहरुलाई मंगलबार एकैदिन फाँसी दिइएको  छ ।
मृत्युदन्डमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि एकसाथ यति धेरै व्यक्तिलाई फाँसी दिइएको पाकिस्तानी आन्तरिक मन्त्रालयले जनाइएको छ । फाँसी पाउनेमा इस्लामिक अतिवादीका अतिरिक्त अरु घटनामा दोषी पाइएकाहरु पनि रहेको बताइएको छ ।
पाकिस्तानमा प्रजातन्त्र बहाली भएपछि सन् २००८ मा मृत्युदन्डको सजायमा रोक लगाइएको थियो । तर, गत वर्ष पेशावरको एक स्कुलमा तालिबानी आक्रमणमा एक सयभन्दा बढी बालबालिका मारिएपछि फेरि मृत्युदन्डको सजाय बहाली गरिएको हो । त्यसयता मात्र ४० जनालाई फाँसीको सजाय दिइसकिएको छ ।
पाकिस्तान जेलमा रहेका ८ हजार व्यक्तिलाई मृत्युदन्डको सजाय सुनाइएको छ । मानवअधिकारकर्मीले भने मृत्युदन्डको सजायको विरोध गरेका छन् । – एजेन्सी