इजरायलमा भएको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री नेतान्याहु विजयी

इजरायलमा भएको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी सीट जितेको छ ।
निर्वाचन पूर्वका मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै नेतान्याहुको दलले ३० सीटमा जित हासिल गरेको  छ ।
नेतान्याहुको लिकुड दललाई कडा टक्कर दिएको आइज्याक हर्जोगले नेतृत्व गरेको जियोनिष्ट युनियनले भने २४ सीटमा चित्त बुझाउनुपरेको छ ।
यद्यपि, सर्वेक्षणहरुले जियोनिष्टले लिकुडलाई पछि पार्ने देखाएका थिए । १ सय २० सिटको इजरायली संसद नेसेटमा यसअघि सन् २०१३ मा गरिएको निर्वाचनमा पनि नेतान्याहुकै दल लिकुडले बढी सीट ल्याउँदै गठबन्धन सरकारको नेतृत्व गरेको थियो ।
दुई वर्षअघिको निर्वाचनमा ३१ सीट ल्याएको लिकुडले यसपटक दुई सीट कम ल्याउँदै २९ सीटमा चित्त बुझाउनु परेपनि फेरि पनि गठबन्धन सरकारको नेतृत्व भने नेतान्याहुले नै गर्नसक्ने जनाइएको छ ।
इजरायलमा सरकार गठन गर्न कम्तिमा ६१ जना सांसदको समर्थन आवश्यक हुन्छ । एजेन्सी